मेरियट होटल दोस्रो वर्षमा प्रवेश, अप्रिल महिनाभरका लागि ल्यायो यस्तो अफर

काठमाडौं । काठमाडौंको नक्सारस्थित पाँचतारे होटल मेरियट होटल दोस्रो वर्षमा प्रवेश गरेको छ । कोभिडका बीच संचालनमा आएको होटल एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।

 

दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटलका जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, ‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ । हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुज्दछौँ। त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन।’

 

‘सरसफाइका मापदण्ड प्रति मेरियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खान्छ, जस्ले गर्दा हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदैँ आएको छ । काठमाडौँ मेरियट होटल यस्तो होटेल हो जुन महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको थियो,’ म्यानेजर फाबियनले भने ।

 

दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यञ्जनहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो। होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ । थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

 

यो माइलस्टोन मनाउनका लागि  होटेलले अप्रिल महिना भर लागू हुने गरी १२ हजार ११ रुपैयाँ बराबरको विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ ।

कोरोना बढ्दै गएपछि राष्ट्र बैंकले दियो बैंकहरुलाई यस्तो ९ बुँदे निर्देशन Read Previous

कोरोना बढ्दै गएपछि राष्ट्र बैंकले दियो बैंकहरुलाई यस्तो ९ बुँदे निर्देशन

वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पूरा हुँदैन, जीडीपीको १५%सम्म लगानी गर्नुपर्छ : पूर्वाधारविद् Read Next

वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पूरा हुँदैन, जीडीपीको १५%सम्म लगानी गर्नुपर्छ : पूर्वाधारविद्