सिटिजन्स बैंकको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचक

काठमाडौं ।सिटिजन्स  बैंकले खुद मुनाफमा छलाड मारेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण खुद नाफमा ४१.६१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

 

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल १ अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको ब्याज आम्दानी, संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर २ अर्ब ५४करोड ८ लाख २० हजार रुपैयाँमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी, बैंकको सञ्चालन मुनाफा २९.३८ प्रतिशतले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ११ अर्ब ६६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँबाट बढेर १७.६७ रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४६.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.४५ प्रतिशत, बेसरेट ७.४४ प्रतिशत र सीसीडी रेसियो ७८.१३ प्रतिशत रहेको छ ।

एनआरएनहरु नेपालको लागि ‘लगानी दूत’ बन्नुहोस् : अर्थमन्त्री पौडेल Read Previous

एनआरएनहरु नेपालको लागि ‘लगानी दूत’ बन्नुहोस् : अर्थमन्त्री पौडेल

काठमाडौं भ्यू टावरमा बसपार्क सार्ने तयारी, महानगरले थाल्यो स्ट्रक्चर अध्ययन Read Next

काठमाडौं भ्यू टावरमा बसपार्क सार्ने तयारी, महानगरले थाल्यो स्ट्रक्चर अध्ययन