फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । योसँगै लघुवित्त चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ ।

 

शुक्रबार प्रकाशित विवरण अनुसार लघुवित्तले तेस्रो त्रैमासमा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १२.९४ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा लघुवित्तले ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

लघुवित्तको ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेसँगै नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.८२ प्रतिशतले बढेर १८ करोड ५७ लाख रुपैयाँमा पुगेको छ छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

 

यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १३.१४ प्रतिशतले बढेर १५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा १३ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ सापटी लिई ८ अर्ब २७ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।

 

लघुवित्तको प्रतिसेयर आम्दानी १४.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.६४ पैसा र मूल्य आम्दानी अनुपात ५९.३९ गुणा रहेको छ।

केराउ, सुपारीसहित ४ वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन Read Previous

केराउ, सुपारीसहित ४ वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन

रुरु जलविद्युतको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा Read Next

रुरु जलविद्युतको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा