केराउ, सुपारीसहित ४ वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन

काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ ।

 

कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेकोे हो । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो ।

 

कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन ।

 

सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी कोटा राख्दै प्रतिबन्ध हटाएको थियो ।

 

कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए ।

 

यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३ मेट्रिक टन, नधुल्याइएको मरिच आायत गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ मेट्रिक टन र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ ।

 

गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाएका थिए ।

देशका १३ स्थानमा खनिज उत्खनन हुँदै, कुन ठाउँमा के उत्खनन गरिँदै ? Read Previous

देशका १३ स्थानमा खनिज उत्खनन हुँदै, कुन ठाउँमा के उत्खनन गरिँदै ?

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ वित्तीय अवस्था Read Next

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ वित्तीय अवस्था