रुरु जलविद्युतको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज बिहान विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार आवेदन दिनेमध्ये भाग्मानी ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ जनाले थप १ कित्ता पाएका छन् । १५ लाख ५२ हजार ९८०जनाको भने हात रित्तो भएको छ ।

 

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए । कुल आवेदनमध्ये रीत नपुगेका ८३ हजार ६९० आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । सदर भएका १५ लाख ९० हजार ८९६ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।

 

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

 

लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले गत महिनादेखि आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर , विक्री प्रबन्धक एनएमबी क्यापिटल र रुरु जलविद्युतको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ वित्तीय अवस्था Read Previous

फर्स्ट माइक्रोफाइनान्स बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ वित्तीय अवस्था

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने Read Next

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने