ब्राण्डेड मात्र सामान बेच्ने नयाँ इकमर्श कम्पनी श्रृंगार डटकम संचालनमा

काठमाडौं । नेपालमा अहिले क्रमशः धेरै इकमर्श कम्पनीहरु संचालनमा आएका छन् भने केही आउने क्रममा छन् । यसले नेपालमा इकमर्शको व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिश्रित आउने गरेका छन् ।

 

अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाइएको तथा सामान समयमा डेलिभरी नभएको लगायत गुनासो पनि आइरहेका छन् । यी नै समस्यालाइै चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरु मात्र विक्री गर्ने गरी श्रृंगार डटकम नामक इकमर्श कम्पनी हालै मात्र आफ्नो सेवा शुरु गरेको छ ।

 

श्रृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार यसमा ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु मात्र खरिद गर्न सकिनेछ ।

 

यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको विक्री गर्ने विक्रेताहरुले आफ्ना सामानहरु विक्री गर्न सक्नेछन् । नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो इकमर्श कम्पनी गत वर्षको वैशाखदेखि परीक्षण संचालन गरिरहेको छ । र, यो वैशाखदेखि पूर्ण रुपमा संचालनमा आउँदैछ ।

माइक्रोफाइनान्स चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

माइक्रोफाइनान्स चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

आन्तरिक पर्यटक तान्दै ५ तारे होटल, रेष्टुरेन्टको भाउमै खाना (अफरसहित) Read Next

आन्तरिक पर्यटक तान्दै ५ तारे होटल, रेष्टुरेन्टको भाउमै खाना (अफरसहित)