माइक्रोफाइनान्स चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । माइक्रोफाइनान्स समूहमा उछाल आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । गतसाता बिहीबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सले २६९१ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २६९० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि बिहीबार नेप्से इतिहासकै सर्वाधिक २६७४ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब  नाघेको छ । यो हालसम्मकै सर्वाधिक हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९७.७९ अंकले बढेको छ भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ७५.१९ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये १२५कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नबिल बैंक २४ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनआइसी एशिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज साञ्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ४.४१ प्रतिशत गुमाएका छन् ।

कोरियामा नेपाली मजदूरको भिसा अवधि १ वर्ष थप Read Previous

कोरियामा नेपाली मजदूरको भिसा अवधि १ वर्ष थप

ब्राण्डेड मात्र सामान बेच्ने नयाँ इकमर्श कम्पनी श्रृंगार डटकम संचालनमा Read Next

ब्राण्डेड मात्र सामान बेच्ने नयाँ इकमर्श कम्पनी श्रृंगार डटकम संचालनमा