शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।

 

नेपाल राष्ट्र बैंकले पुस २८ गते शनिबार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

 

त्यस्तै, राष्ट्र बैंकले चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिबार समेत खुला राख्न भनेको छ ।

 

राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटीजीएस प्रणाली समेत संचालन हुने जनाएको छ ।

घरजग्गा कारोबारमा हरेक महिना नयाँ रेकर्ड, यसकारण बढ्दै छ कारोबार Read Previous

घरजग्गा कारोबारमा हरेक महिना नयाँ रेकर्ड, यसकारण बढ्दै छ कारोबार

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा Read Next

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा