काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट गरिएको छ । आज विहान ११ बजे विक्री प्रबन्धक मेगा क्यापिटलमा कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो ।
क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजारले ७०० जनाले १० कित्ताका दरले सेयर पाएका १२ लाख ९० हजार १०२ जनाको हात रित्तो भएको छ ।
कम्पनीले चैत ६ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको थियो । जसमा १५ लाख ५९ हजार ८०२ जनाले २ करोड २७ लाख ६८ हजार २६० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।
कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।
लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने भएको छ । लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले गत महिनादेखि आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर , विक्री प्रबन्धक मेगा क्यापिटल र सिंगटी हाइड्रोको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।