काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०७६ साल कात्तिक २६ गते परिपक्व हुनेछ ।मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) ३ बजे बोलकबोल हुनेछ । यस अघि साउन २० गते केन्द्रीय बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।