इन्फ्रास्ट्रक्चर बैंकले अब ३० करोडको परियोजनामा पनि लगानी गर्न पाउने

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अब न्यूनतम ३० करोडको परियोजनामा पनि लगानी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैंकलाई ऋण लगानी गर्ने न्यूनतम सीमा घटाइदिएसँगै लगानीको बाटो खुलेको हो ।

 

यस अघि इन्फ्रास्ट्रक्चर बैंकले न्यूनतम ५० करोडभन्दा कमको परियोजनाहरुमा लगानी गर्न नपाउने व्यवस्था थियो । राष्ट्र बैंकले ऋण लगानी सीमा एकै पटक ६० प्रतिशतले घटाइ दिएको छ ।

 

गत आर्थिक वर्षमा बैंकले कुनैपनि आयोजनामा लगानी नगरी अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेर सोको ब्याज खाएर बसेको थियो ।

 

बैंकले सञ्चालनमा आएको पहिलो वर्षमै ब्याजबाट ६७ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ।बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ। कम्पनीमा सरकारको १० प्रतिशत शेयर लगानी छ। बाँकी ९० प्रतिशत निजी क्षेत्रले लगानी गरेको छ। कम्पनीले ८ अर्बको साधारण शेयर जारी गर्ने छ।

 

अन्य वाणिज्य बैंकहरुलाई जस्तै पूर्वाधार विकास बैंकलाई पनि योजना बुझाउन अनिवार्य गरिएको छ। संस्थाले प्रत्येक आर्थिक वर्षका लागि निक्षे तथा कर्जा सापटसहितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराइ हरेक आर्थिक वर्षको साउन मसान्तभित्र राष्ट्र बैंकमा बुझाउनु पर्छ।

 

कार्ययोजना कार्यान्वयनको अनुगमन गर्न बैंकको सञ्चालक समितिले त्रैमासिक समिक्षा गरी राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा बुझाउनु पर्छ।

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्दै Read Previous

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्दै

नेपालमै पहिलो पटक सिड एटीएम सञ्चालनमा, अब तरकारीको बीउ एटीएमबाटै किन्न मिल्ने Read Next

नेपालमै पहिलो पटक सिड एटीएम सञ्चालनमा, अब तरकारीको बीउ एटीएमबाटै किन्न मिल्ने