सबैभन्दा धेरै आयकर दाखिला गरेबापत आइएमई को-अपरेटिभ सम्मानित

काठमाडौं । आइएमई को-अपरेटिभ सर्भिस लिमिटेड गत आर्थिक वर्ष २०७६/७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ ।

 

सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।

 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

 

सम्मान ग्रहण कार्यक्रममा आइएमई को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवम् बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो ।

 

अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे ।

 

संस्थाका सम्पूर्ण सेयरधनी एवम् कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

 

काठमाडौंको कान्तिपथ स्थित केन्द्रीय कार्यालय रहेको आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले देशभरका १५ वटा शाखा मार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, हालसम्म कति किमी तार बिछ्याइयो ? Read Previous

विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, हालसम्म कति किमी तार बिछ्याइयो ?

कर्णालीमा लगानी सम्मेलन हुने, आयोजक प्रदेश सरकार र महासंघ Read Next

कर्णालीमा लगानी सम्मेलन हुने, आयोजक प्रदेश सरकार र महासंघ