कर्णालीमा लगानी सम्मेलन हुने, आयोजक प्रदेश सरकार र महासंघ

काठमाडौं । कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अयोजना गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशबीच सहमति भएको छ ।

 

महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

 

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताएका थिए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए ।

 

छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो ।

 

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडी बढाएको बताएका थिए । योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास खड्काले व्यक्त गरेका थिए ।

सबैभन्दा धेरै आयकर दाखिला गरेबापत आइएमई को-अपरेटिभ सम्मानित Read Previous

सबैभन्दा धेरै आयकर दाखिला गरेबापत आइएमई को-अपरेटिभ सम्मानित

खोप किन्न सरकारले लिने भयो ८ अर्ब ७० करोड ऋण Read Next

खोप किन्न सरकारले लिने भयो ८ अर्ब ७० करोड ऋण