विद्युतीय तार भूमिगत गर्ने काम सुस्त, हालसम्म कति किमी तार बिछ्याइयो ?

काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामले अपेक्षित गति लिन सकेको छैन । ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी गत फागुनमा काम शुरु गरिए पनि कोरोना, कामदार अभाव, सडक खन्न अनुमतिमा पाउनमा ढिलाई लगायत कारणले कामले गति लिन नसकेको हो ।

 

उपत्यकाको ४०० किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना रहेकोमा हालसम्म दुई खण्डमा १३२ किलोमिटर तार भूमिगत गरिसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

 ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी गत फागुनमा काम शुरु गरिए पनि कोरोना, कामदार अभाव, सडक खन्न अनुमतिमा पाउनमा ढिलाई लगायत कारणले कामले गति लिन नसकेको हो ।

 

प्राधिकरणका अनुसार उपत्यकामा ४०० किलोमिटर तार भूमिगत गर्ने योजना अनुसार हालसम्म पहिलो खण्डमा १३२ किलोमिटर र दोस्रो खण्डमा ३२ किमी गरी कुल १३२ किमी तार बिछ्याइसकिएको छ ।३० महिना भित्र सबै काम सम्पन्न गर्ने गरी गत वर्ष फागुनमा तार बिछ्याउन शुरु गरिए पनि कामले गति लिन भने सकेको छैन । १३ महिनाको अवधिमा लक्ष्यको एकचौथाई पनि काम हुन नसकेको हो ।

 

अहिलेसम्म कहाँ-कहाँ बिछ्याइयो तार ?

 

तार भूमिगत गर्ने काम २ चरणमा भइरहेको छ । पहिलो चरणमा रत्पार्क–बानेश्वर आयोजना अन्तर्गत चाबहिल–चुचेपाटी–मित्रपार्क खण्डमा तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको छ । लैनचौर–लाजिमपाट खण्डमा तार भूमिगतको काम भइरहेको छ ।

सो खण्डको कुल २०० किलोमिटर मध्ये ३२ किलोमिटर हाराहारीमा तार भूमिगतको काम भइसकेको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए । अन्यमा रोड पर्मिट नमिल्दा काम हुन नसकेको उनले बताए ।‘रोड पर्मिट लिदै छौँ, पर्मिट पाए लगतै काम गर्ने छौँ, अहिले लैनचौर–लाजिमपाट तर्फ पाइप हाल्ने काम भइरहेको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

यस्तै, दोस्रोखण्ड अन्तर्गत महाराजगञ्ज आयोजनामा १०० किलोमिटरमा पाइप हालिसकिएको छ । ६० किलोमिटर केबल लाइनिङको काम भइसकेको आयोजना प्रमुख अविशेक अधिकारीले जानकारी दिए ।उनले हाल रिङरोड क्षेत्रमा मात्र पाइप हाल्ने र तार भूमिगतको काम भइरहे पनि अन्य साना सडकहरुमा भूमिगतको काम बढाउन अझै बाँकी रहेको बताए ।

 

पाइप हाल्ने काम धमाधम, तार हाल्ने काम ढिलाइ

 

पछिल्लो समय लैनचौर–साँग्रीला–बुढानिलकण्ठ खण्डमा विद्युतीए तार भूमिगतको काम भइरहेको छ । सोका लागि पाइप हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ । २०७८ मंसिर भित्र सम्पन्न गर्नुपर्ने तार भूमिगतको काम अझै राम्रो गति लिन सकेको छैन ।

 

पाइप लगाउने कामले गति लिए पनि तार भूमिगतले भने गति लिन सकेको छैन । तार भूमिगतमा दक्ष जनशक्ति चाहिने र सो जनशक्ति भारतबाट र केही नेपालबाट रहेकाले होलिमा घर फर्किदा जनशक्ति कम भएको उनले बताए ।

 

‘पाइप लगाउने काम भइरहेको छ, तार लगाउन दक्ष जनशक्ति कम भएकाले गति लिन सकेको छैन,’ धेरै जसो होलीले गाउँ फर्केका छन्,’ अधिकारीले चाणक्य पोष्टसँग भने ‘कुनै ठाउँमा भख्खर सडक कालोपत्र भएकाले त्यसमा पाइप हाल्न फेरी भत्काउनु पर्ने हुँदा स्वीकृती मागी रहेका छौं ।’

 

लैनचौर-बुढानिलकण्ठ तार भूमिगतको काम वैशाख भित्र सकिने

 

लैनचौर–साँग्रीला–बुढानीलकण्ठ क्षेत्रमा तार भूमिगतको काम आगामी वैशाख भित्रसकिने अनुमान गरिएको छ । उक्त आयोजना अन्तर्गत ठाउँ ठाउँमा पाइप हाल्ने र तार हाल्ने समेत काम भइरहेकाले वैशाख भित्र सकाउने योजना रहेको अधिकारीले बताए ।
महाराजगञ्ज–बुढानीलकण्ठ–लैनचौर केन्द्रको जापानी दूतावाससम्म खनेर पाइप हाल्ने काम भइसकेको छ । तार हाल्ने काम भने अझै पूरा हुन सकेको छैन । महाराजगञ्ज–बुढानीकलकण्ठ झण्डै साढे ७ किलोमिटर लम्बाइ रहेको छ ।

 

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो । नमूना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्ध सम्मका विद्युतीय तार भूमिगत गरिँदैछ ।

 

उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी

 

विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका भरी विद्युतीय तार भूमिगत गर्ने तयारी गरेको छ । ११ वटा वितरण केन्द्र मध्ये २ वटा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका विद्युतीय तार भूमिगतको काम भइरहेको छ ।

 

भक्तपुर र ललितपुरका २/२ वटा वितरण केन्द्रका विद्युतीय तार भूमिकगतका लागि ठेक्का मूल्यांकनको चरणमा रहेको छ । अन्य ५ वटा वितरण केन्द्रहरुका लागि विद्युत् भूमिगत गर्न ठेक्का हस्तान्त्रण भइसकेको छ ।कुलेश्वर, बालाजु, जोरपाटी, कोटेश्वर लगायतका विभिन्न ५ स्थामा विद्युतीय तार भूमिगत गर्न भारतीय कम्पनी लासान एण्ड टर्भो लिमिटेड कम्पनीलाई ठेक्का दिइएको हो ।

 

प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४ सय किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ ।

 

विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

तार भूमिगतको लागत

 

महाराजगञ्ज र रत्नपार्कमा तार भूमिगत गर्न छुट्टा छुट्टै ठेक्का गरिएको छ । दुबै ठेक्काका लागि कूल पौने ७ अर्ब रुपैयाँ लगानी रहेको छ । महाराजगञ्जमा सबा ३ अर्ब र रत्नपार्कमा साढे ३ अर्ब खर्च लाग्ने भएको छ ।

 

अब उपत्यका भित्र पुरै तार भूमिगत गर्न ११ अर्ब रुपैँयाको हाराहारीमा लगानी लाग्ने अनुमान गरिएको छ । हालसम्म विद्युतीय तार भूमिगतका क्रममा ३० प्रतिशतका हाराहारीमा खर्च भइसकेको अनुमान विद्युत् प्राधिकरणका प्रवक्ता मनोज तिमलसिनाले बताए ।

 

उनले खर्च यकिन बताउन नसकिए पनि समय सकिदै जादा कति पय भुक्तानी बाँकी रहेकाले यकिन बताउन नसकिएको बताए ।

मेरो सेयर नखुलेर हैरानी हुनुभएको छ ? यी २ तरिका अपनाउनुस् सजिलै खुल्छ Read Previous

मेरो सेयर नखुलेर हैरानी हुनुभएको छ ? यी २ तरिका अपनाउनुस् सजिलै खुल्छ

सबैभन्दा धेरै आयकर दाखिला गरेबापत आइएमई को-अपरेटिभ सम्मानित Read Next

सबैभन्दा धेरै आयकर दाखिला गरेबापत आइएमई को-अपरेटिभ सम्मानित