डिशहोमको नयाँ ‘खुशीको उडान’ योजना अन्र्तगत ग्राहकहरुलाई बैंकक घुम्ने मौका

काठमाडौं। डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो कम्पनीले जनाएको छ । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्ने कम्पनीको विश्वास छ ।

 

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

 

लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको ‘सीएस आइडी’को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात २०७७ चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने कम्पनीले जनाएको छ ।

 

सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

आफ्नो पार्टनर भन्दा बढी कमाई गर्ने महिला घरेलु हिंसाको सिकार हुने सम्भावना धेरै ! Read Previous

आफ्नो पार्टनर भन्दा बढी कमाई गर्ने महिला घरेलु हिंसाको सिकार हुने सम्भावना धेरै !

मदिराजन्य पदार्थको आयात घट्दा राजस्व भने बढ्दै, यस्तो छ कारण Read Next

मदिराजन्य पदार्थको आयात घट्दा राजस्व भने बढ्दै, यस्तो छ कारण