२१ वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जनाले पाउने

काठमाडौं । करिब दुई दशकपछि सरकारले भन्सार भन्सार एजेन्टको इजाजत (लाइसेन्स) खुलाएको छ । भन्सार विभागले आज एक सूचना सार्वजनिक गर्दै भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको हो ।

 

लाइसेन्स लिनका लागि न्यूनतम योग्यतामा २१ वर्ष पूरा, मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको, कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको हुनुपर्ने छ ।

 

इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म दिन अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर ३ हजार रुपैयाँ तोकिएको छ दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त हाल्न सकिने विभागले जनाएको छ ।

 

लाइसेन्सका लागि लिखित र मौखिक परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । लिखित र मौखिक परीक्षा पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ।

 

भन्सार एजेन्ट लाइसेन्स परीक्षा २०५६ सालदेखि रोकिएको थियो । सोबेला ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । त्यो संख्या अहिले घटेर १७० जनामा सीमित छ ।

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

पहिलोपटक चन्दागिरीको सेयर फालाफाल, ३४ दिनपछि मूल्य घट्यो Read Next

पहिलोपटक चन्दागिरीको सेयर फालाफाल, ३४ दिनपछि मूल्य घट्यो