पहिलोपटक चन्दागिरीको सेयर फालाफाल, ३४ दिनपछि मूल्य घट्यो

काठमाडौं । करिब डेढ महिनापछि चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ । गत माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको ३४ कारोबार दिनपछि पहिलोपटक सेयर मूल्य घटेको हो ।

 

कारोबारमा आएदेखि निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको आज सेयर सप्लाइ आएसँगै मूल्य पनि ओरालो लागेको हो । यसअघि दैनिक लाखौं कित्ता सेयर माग हुँदै दैनिक पोजेटिभ सर्किट लाग्दै आएको थियो ।

 

आज म्युचुअल फण्ड र यसअघि सेयर उठाएका लगानीकर्ताले सेयर विक्री गर्न थालेपछि सप्लाइ आएको हो । आज पनि बजार खुल्नसाथ पोजेटिभ सर्किट लागेको कम्पनीको केहीबेरमै सप्लाइ आएपछि मूल्य घटेको छ ।

 

१६१ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३४ कारोबार दिनमा ११ गुणाले बढेर आज प्रतिकित्ता २२८६ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि नेगेटिभ सर्किट लागेको कम्पनीको सेयर १२ः१५ बजेसम्म प्रतिकित्ता १३८ रुपैयाँ घटेर १९४१ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हाल नेप्सेमा सर्वसाधरण तर्फको चन्द्रागिरीको १५ लाख ३४ हजार ९१० कित्ता सेयर सूचीकृत छ । थोरै सेयर भएकाले बजारमा चलखेल (कर्नरिङ) गर्ने समूहले जति मूल्यमा भए पनि पाए जति सेयर खरिद गर्ने गरेकाले लगातार दैनिक सर्किट लेभलमा मूल्य बढ्दै आएको थियो ।

२१ वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जनाले पाउने Read Previous

२१ वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जनाले पाउने

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो Read Next

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो