३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । ३ कम्पनीले गतवर्षको नाफाबाट घोषणा गरेको लाभांश् सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र ग्रीन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश् पारित गर्न भोलि (चैत १७ गते) बुकक्लोज तोकेकाछन् । तसर्थ यी तीन कम्पनीको लाभांश पाउन आज सेयर किन्ने अन्तिम दिन हो ।

 

मिथिला लघुवित्तले गत आवको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजननका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ।

 

यसैगरी, नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित २७ गते साधारण सभा बोलाएको हो।

 

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकले ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश् पारित गर्न चैत २८ गते साधारण सभा बोलाएको छ।

 

तिनै कम्पनीको लाभांश सम्बन्धित कम्पनीको साधरणसभाले पारित

सहुलियतपूर्ण कर्जा लिने दोब्बरले बढे, कृषिमा मात्रै ८२ अर्ब लगानी Read Previous

सहुलियतपूर्ण कर्जा लिने दोब्बरले बढे, कृषिमा मात्रै ८२ अर्ब लगानी

२१ वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जनाले पाउने Read Next

२१ वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जनाले पाउने