महालक्ष्मी विकास बैंकको लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ९.२६ प्रतिशत लाभांश पारित गरेको छ ।

 

बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । बैंकले गत आवको नाफाबाट ८.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६ प्रतिशत गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 

साथै, सभाले बैंकलाई अन्य संस्थासँग मर्जर तथा प्राप्ति गर्न अनुमति दिँदै पूँजीगत आधारलाई अझ थप सुदृढ गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।

 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकका ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

स्वतन्त्र भएपछि बंगलादेशले अर्थतन्त्रले यसरी मार्‍यो फड्को Read Previous

स्वतन्त्र भएपछि बंगलादेशले अर्थतन्त्रले यसरी मार्‍यो फड्को

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण धमाधम हुँदै, ३२६ मिटर खनियो Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण धमाधम हुँदै, ३२६ मिटर खनियो