२०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक बन्द हुने (तालिकासहित)

काठमाडौं । आगामी वर्ष २०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आगामी वर्षको बिदाको सूची अनुसार शनिबार बाहेक ३५ दिन देशभरका बैंकका शाखा कार्यालय बन्द हुने भएका हुन् ।

 

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ति, जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् । राष्ट्र बैंकले विभिन्न जात र धर्म संस्कृति मान्ने जातजातिहरुको पर्वमा पनि बिदा दिएको छ ।

 

यस्तै, राष्ट्र बैंकका अनुसार वैशाखदेखि कात्तिक १५ र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराहन्न ५ बजेसम्म बैंकहरु खुल्ने भएका छन । यस्तै कात्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि अपराह्न ४ बजेसम्म बैंक खुला हुने जानकारी दिएको छ ।

 

यस्तो छ बिदाको तालिका

 

१२ लाख बढीले ज्योति लाइफको आइपीओ नपाउने, शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ? Read Previous

१२ लाख बढीले ज्योति लाइफको आइपीओ नपाउने, शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ?

६०% निर्माण पूरा भएको हाइड्रोको २४ लाख कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त Read Next

६०% निर्माण पूरा भएको हाइड्रोको २४ लाख कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त