१२ लाख बढीले ज्योति लाइफको आइपीओ नपाउने, शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) भोलि (शुक्रबार) बाँडफाँट हुने भएको छ ।

 

सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे इन्स्योरेन्सको कर्पोरेट कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

 

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । आवेदक मध्ये जम्मा ५ लाख ९४ हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् भने १२ लाख बढीको हात रित्तो हुनेछ ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

संसदीय समिति माथिल्लो तामाकोशीको स्थलगत अनुगमनमा जाँदै Read Previous

संसदीय समिति माथिल्लो तामाकोशीको स्थलगत अनुगमनमा जाँदै

२०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक बन्द हुने (तालिकासहित) Read Next

२०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक बन्द हुने (तालिकासहित)