संसदीय समिति माथिल्लो तामाकोशीको स्थलगत अनुगमनमा जाँदै

काठमाडौं । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।

 

समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

 

यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न हुनुपर्ने समय, प्रस्तावित लागत, हालसम्म भएको खर्चलगायत आयोजनाको व्यवस्थापकीय पक्षबारे जानकारी लिनाका साथै सरोकार पक्षसँग छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।

सुर्तिजन्य पदार्थको तस्करी बढ्दो, नियन्त्रण गर्न नसक्दा सरकार र व्यवसायी दुवै मारमा Read Previous

सुर्तिजन्य पदार्थको तस्करी बढ्दो, नियन्त्रण गर्न नसक्दा सरकार र व्यवसायी दुवै मारमा

१२ लाख बढीले ज्योति लाइफको आइपीओ नपाउने, शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ? Read Next

१२ लाख बढीले ज्योति लाइफको आइपीओ नपाउने, शुक्रबार कति बजे हुँदैछ बाँडफाँट ?