६०% निर्माण पूरा भएको हाइड्रोको २४ लाख कित्ता आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

आइपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।नियुक्ति सम्बन्धी सम्झौतामा मायाखोलाका कार्यकारी अध्यक्ष विजयमान शेरचन र प्रभु क्यापिटलका प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।

 

कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ ।

२०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक बन्द हुने (तालिकासहित) Read Previous

२०७८ सालमा शनिबार बाहेक ३५ दिन बैंक बन्द हुने (तालिकासहित)

लागत घटाई आम्दानी बढाउन यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै अलैँची किसान Read Next

लागत घटाई आम्दानी बढाउन यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै अलैँची किसान