नेपाल सुपर लिगमा लक्ष्मी समूहको पोखरा थन्डर्स

काठमाडौं । लक्ष्मी समूहले खेलकुद मार्फत आफ्नो शहर पोखरा लाई चिनाउने र प्रवर्धन गर्ने प्रतिबद्धताका साथ नेपाल सुपर लिगमा पोखरा थन्डर्स (फ्रेंचाइजी) लाई प्रवेश गरेको छ ।

 

यो समूहले पोखरा थन्डर्स नामको क्लबको मताधिकार (फ्रेंचाइजी) लिएर नयाँ खोज र अध्ययन गर्दै फूटबलको विकास र प्रवर्धनका लागि पोखरा शहर लगायत देशव्यपी रूपमा गर्ने लक्ष्य लिएको छ ।

 

नेपाल सुपर लिग देशको पहिलो फ्रेंचाइजी फुटबल प्रतियोगिता हो जुन अप्रिल २४ देखि मे ८ सम्म आयोजित हुने भएको छ । यो प्रतियोगिता एन्फाको प्राविधिक सहयोगमा दशरथ स्टेडियममा राउन्ड रोबिन ढाँचामा खेलिने छ ।

 

अहिले नेपाली जीवन शैलीको अभिन्न अङ्ग बनेको लक्ष्मी समूह आफ्नो शुरुवात देखि विभिन्न उद्योग र व्यापारहरुमा अब्बल रहँदै आएको छ । आधा शताब्दीको लामो यात्राका साथ अहिले यस समूह अन्तर्गत २० वटा विभिन्न व्यवसायिक क्षेत्रका उद्योग जसमा निर्माण, कृषि आधारित डेरी उद्योग, व्यापार, अस्पताल रहेको छ र अब पोखरा थन्डर्स मार्फत खेलकुद क्षेत्रमा प्रवेश गरेको छ । खेल्कुदको विकास र प्रर्वधनमा लक्ष्मी समूहको लामो इतिहास रहिआएको छ ।

 

सुपर लिगमा लिलामी प्रकियाद्धारा पोखराले मुख्य प्रशिक्षकमा नवीन न्यौपाने लिएको छ । थन्डर्सले नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुजल श्रेष्ठ, नितिन थापा, दीपक गुरुङ लयायत ३ विदेशी खेलाडीसहितको टीम बनाएको छ ।

 

नयाँ विचार र अवसरहरू खोजी गर्ने क्रममा लक्ष्मी ग्रुपले पोखरा थन्डर्स मताधिकारबाट (फ्रेंचाइजी) नयाँ सफलताका कोसेढुङ्गाहरु पार गर्दै नेपाली फुटबलको विकासमा टेवा दिने आशा गरेको छ । पोखरा थन्डर्सको लक्ष्य उत्कृष्ट टिमको निर्माण गर्नु हो जहाँ खेल भावना नै टिमको सफलता हुनेछ । जसले नेपाली फुटबललाई अझ व्यवसायिक बनाउने काममा ठूलो योगदान प्रदान गर्नेछ ।

अब बिटक्वाइन प्रयोग गरेर पनि टेस्लाको कार किन्न सकिने Read Previous

अब बिटक्वाइन प्रयोग गरेर पनि टेस्लाको कार किन्न सकिने

सारथी नेपाल लघुवित्तले पनि एफपीओ जारी गर्ने Read Next

सारथी नेपाल लघुवित्तले पनि एफपीओ जारी गर्ने