काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुले धमाधम थप मूल्यमा सेयर (एफपीओ) जारी गर्ने घोषणा गर्न थालेका छन् । हालसम्म आधादर्जन बढी लघुवित्तले एफपीओ जारी गर्ने घोषणा गरिसकेका छन् भने केहीले साधरण सभाबाट प्रस्ताव समेत पारित गरिसकेका छन् ।
यसैक्रममा, सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत उक्त प्रस्ताव विशेष एजेन्डाको रुपमा लैजाने भएको हो ।
लघुवित्तले आगामी वैशाख ३ गते १२ औं वार्षिक साधरण सभा बोलाएके छ । कम्पनीको सभा होटल अरनिको, धुलिखेलमा हुनेछ ।
लघुवित्तले सभामा एफपीओ जारी गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत गरी कुल ८.५५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।
यसका साथै, सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी २३ करोड ५३ लाख रुपैयाँ रहेको छ। भने बोनस वितरणपछि चुक्ता पूँजी २५ करोड ४५ लाख रुपैयाँ पुग्नेछ।