काठमाडौं । ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ ।
यस मोबाइल बैंकिङ सेवा पश्चात् डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ बजारमा निकैनै परिचित यस omni channel सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाताबहाक ग्राहक तथा बैंकमा खाता नभएका सम्पूर्णले उपयोग गर्न सक्नेछन् ।
परिस्कृत सेवाले हाल ग्राहकले अनुभव गरिरहेका विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ । तर यस बैंकको परिस्कृत सेवा मोबाइल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।
यस परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाइल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाइल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
साथै, ग्राहकले आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।