वासिङ्टन । अब क्रिप्टोकरेन्सी बिटक्वाइन प्रयोग गरेर अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कारहरु प्रयोग गर्न सकिने भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बुधबार एक ट्विट गर्दै बिटक्वाइनमार्फत टेस्लाले उत्पादन गरेका सवारी–साधन किन्न सकिने घोषणा गरेका हुन् ।
हाल अमेरिकामा मात्र दिइने यो सुविधालाई यस वर्षको अन्त्यसम्ममा अन्य देशहरुमा पनि विस्तार गर्ने योजना रहेको उनले बताएका छन् ।
गत महिना मात्र टेस्लाले १.५ बिलियन डलर बराबरको बिटक्वाइन खरिद गरेको थियो । कार विक्री गरेबापत प्राप्त बिटक्वाइनलाई वास्तविक मुद्राका रुपमा सटही नगर्ने पनि मस्कले जनाएका छन् ।