कर्जा विस्तारमा आक्रमक बन्दै बैंकहरू, १ महिनामै १ खर्ब ऋण लगानी

काठमाडौं । बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गर्न थालेका छन् । पछिल्लो समय उद्योगधन्दा, व्यापार व्यवसायले गति लिएसँगै बैंकहरुले कर्जा लगानी उल्लेख्य रुपमा बढाएका हुन् ।

 

पछिल्लो ५ सातामा मात्रै बैंकहरुले करिब सवा १ खर्ब ऋण लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार फागुनदेखि चैत पहिलो साता (५ हप्ता)को अवधिमा बैंकहरुले १ खर्ब १७ अर्ब कर्जा लगानी गरेका छन् भने पछिल्लो १ महिनामा १ खर्ब लगानी गरेका छन् ।

 

बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन् । पछिल्लो ५ हप्ताको अवधिमा जम्मा ५३ अर्ब निक्षेप संकलन भएको छ ।

फागुनको पहिलो साता १२ अर्ब निक्षेप संकलन गरी १७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले त्यसयता हरेक साता २० अर्बभन्दा बढी कर्जा लगानी गरेका छन् ।

 

फागुन महिनाभरीमा बैंकहरुमा कुल ३९ अर्ब निक्षेप संकलन गरी झन्डै दोब्बर कर्जा लगानी गरेका छन् । फागुन मात्रै बैंकहरुले ९४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।यस्तै, चैत पहिलो सातामा बैंकहरुले १४ अर्ब निक्षेप संकलन गरी २३ अर्ब कर्जा विस्तारगरेका छन् ।

 

चालू आवको चैत ६ गतेसम्ममा बैंकहरुले कुल ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन, कुन क्षेत्रबाट कति उठ्यो ? Read Previous

लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन, कुन क्षेत्रबाट कति उठ्यो ?

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ८ कम्पनीका लगानीकर्ता मालामाल Read Next

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ८ कम्पनीका लगानीकर्ता मालामाल