सीबीफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत, सहकार्यमा जोड दिने

काठमाडौं । नेपाल उद्योग परिसंघले बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ । उद्योग परिसंघको तर्फबाट सतिश कुमार मोरले उनीहरुलाई स्वागत गरेका हुन् ।

 

उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई अगाडि बढाई रहेको बताए । यस अभियानले नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले’ अभियान सुरु गरेको बताए । यस अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

 

अध्यक्ष मोरले बैंक तथा वित्तीय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मकरुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीति मार्फत सम्बोधन गरेको बताए । उद्योग र बैंक तथा वित्तिय संस्था एक अर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैक तथा वित्तीय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तीय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

 

दुवै संस्थाको बीचमा हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औधोगिकरण तथा आर्थिक विकासमा योगदान पुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने बताए ।

 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योग परिसंघले सीबीफिनका पदाधिकारीहरुलाई स्वागत एवं बधाईज्ञापन गरेकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सीएनआइ र सीबीफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने धारणा व्यक्त गरे ।

 

कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन भन्दा व्यापारमा ऋण प्रवाह सहजिकरण भईरहेको प्रसंग उल्लेख गर्दै दुवै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा योगदान पुर्याउनु पर्ने धारणा राखे ।

धनगढीको कृषि उपज हाट बजारमा सभिलि बैंकको क्युआर कोड Read Previous

धनगढीको कृषि उपज हाट बजारमा सभिलि बैंकको क्युआर कोड

एनआइसी एशिया बैंक फेरि खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजारका ७ खर्बपति कम्पनी Read Next

एनआइसी एशिया बैंक फेरि खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजारका ७ खर्बपति कम्पनी