धनगढीको कृषि उपज हाट बजारमा सभिलि बैंकको क्युआर कोड

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

 

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोतसाहन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

 

नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

 

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्याापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख जोशीले बताए ।

 

बैंकले हाल देशभरका ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

दुई हाइड्रोपावरको ९९ लाख कित्ता आइपीओ आउँदै, कुनको कति ? Read Previous

दुई हाइड्रोपावरको ९९ लाख कित्ता आइपीओ आउँदै, कुनको कति ?

सीबीफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत, सहकार्यमा जोड दिने Read Next

सीबीफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत, सहकार्यमा जोड दिने