काठमाडौं । पछिल्लो समय थप पूँजी जुटाउन कम्पनीहरुले धमाधम प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न थालेका छन् ।
चालू आर्थिक वर्षमा १ दर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने १ दर्जन बढी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यस्तै, १ दर्जन बढी कम्पनीले अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।
यसैक्रमममा, एकैपटक २ कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ् । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
कुन कम्पनीको कति कित्ता आउँदै ?
बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डमा आवेद दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले आइपीओ जारी गर्न यस अघिनै ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्ति गरिसकेको छ ।
यसैगरी, ग्रीन भेन्चर्स कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।
यस कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरिसकेको छ ।