नेपालमै पहिलोपटक युवालाई बिनाब्याज ३ लाख ऋण दिन शुरु, धितो पनि राख्न नपर्ने

काठमाडौं । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरको चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलोपटक बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ ।

 

चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज ३ लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो ।

 

राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ । तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा ३ लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए।

 

नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए । युवालाई उद्यमशीलताका लागि बिनाब्याज ३ लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ ।

डिजिटल माध्यमबाट भुक्तानी बढ्दो, क्युआर कोडबाट मात्रै पौने २ अर्बको कारोबार Read Previous

डिजिटल माध्यमबाट भुक्तानी बढ्दो, क्युआर कोडबाट मात्रै पौने २ अर्बको कारोबार

दुई हाइड्रोपावरको ९९ लाख कित्ता आइपीओ आउँदै, कुनको कति ? Read Next

दुई हाइड्रोपावरको ९९ लाख कित्ता आइपीओ आउँदै, कुनको कति ?