कोरोनाले थलिएको अमेरिकामा अझै आएन व्यवसायमा सुधार, खुद्रा विक्रीमा ३ प्रतिशतले गिरावट

वासिङ्टन । अमेरिकी खुद्रा विक्री दरमा फेब्रुअरीमा थप ३ प्रतिशतले गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा विक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् ।

 

फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा विक्री कम देखिनु अन्य वर्षजस्तै यो वर्ष पनि स्वभाविक रहेको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए ।

 

विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यवसायिक गतिविधिमा सुधार आउने पूर्वानुमान विपरीत व्यवसायिक गतिविधि कम हुनुलाई अमेरिकी सञ्चारमाध्यमले प्रमुख समाचार स्रोतका रूपमा प्रकासन तथा प्रशारण गरेका छन् ।

 

सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड सङ्क्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन् । अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भएपनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ ।

 

तथ्याङ्कले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७.६ प्रतिशत विक्री प्रवद्र्धन भएपनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ ।एएफपी

‘निफ्रा’लाई नेप्सेले सोध्यो : ३० मिलियन डलरको बोन्ड जारी गर्ने समाचार सत्य हो ? Read Previous

‘निफ्रा’लाई नेप्सेले सोध्यो : ३० मिलियन डलरको बोन्ड जारी गर्ने समाचार सत्य हो ?

नेप्सेमा उच्च अंकको कमब्याक, के बजारले फेरि बुल ट्रेन्ड समातेकै हो त ? Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, के बजारले फेरि बुल ट्रेन्ड समातेकै हो त ?