विदेश जाने घटे पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने ११ प्रतिशतले बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको ७ महिनामा कुल ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।

 

बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१.७ प्रतिशतले बढेको थियो ।

 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, कति पुग्यो लिटरको ? Read Previous

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, कति पुग्यो लिटरको ?

६० लाख कित्ता आइपीओ ल्याउन सर्वोत्तम सिमेन्टले तोक्यो विक्री प्रबन्धक Read Next

६० लाख कित्ता आइपीओ ल्याउन सर्वोत्तम सिमेन्टले तोक्यो विक्री प्रबन्धक