६० लाख कित्ता आइपीओ ल्याउन सर्वोत्तम सिमेन्टले तोक्यो विक्री प्रबन्धक

काठमाडौं । बुक बिल्डिङ विधिबाट सर्वसाधरणमा सेयर (आइपीओ) जारी गर्न सर्वोत्तम सिमेन्टले विक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

सार्वोत्तमले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबीएल एस क्यापिटललाई सहायक विक्री प्रबन्धक तोकेको छ ।

 

कम्पनीले यसअघि आइपीओ जारी गर्न रेटिङ समेत गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तमको आइपीओलाई ‘इक्रा एनपी(आइआर बीबीबी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने अवस्था औसतभन्दा राम्रो रहेको जनाउँदछ ।

 

यस्तै, कम्पनीले आइपीओ जारी गर्न माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामाबाट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

 

कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । सोमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि, ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र बाँकी २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

 

हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

विदेश जाने घटे पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि Read Previous

विदेश जाने घटे पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि

हनुमन्ते करिडोर निर्माण अघि बढ्यो Read Next

हनुमन्ते करिडोर निर्माण अघि बढ्यो