हुवावेको अपरेटिङ सिस्टम ‘हार्मोनिओएस’ सार्वजनिक

काठमाडौं । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ। पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो।

यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो।

 

एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो।

विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन्। विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ। हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन्।

एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट Read Previous

एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट

दशैंमा ७ वटै प्रदेशमा सुपथ मूल्य पसल सञ्चालन हुने Read Next

दशैंमा ७ वटै प्रदेशमा सुपथ मूल्य पसल सञ्चालन हुने