दशैंमा ७ वटै प्रदेशमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौं । यो वर्ष दशैंमा काठमाडौं उपत्यकासहित ७ वटै प्रदेश समेट्ने गरि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङले उपत्यकामा सहुलियतमा खसी, बोका तथा च्याङ्ग्रा विक्री गर्ने छ ।

 

साथै प्रदेश सरकार, महानगरपालीका तथा उपमहानगरपालीकाले समेत यो पटक आ–आफ्नो क्षेत्रमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

 

चाडपर्व ताका अनुगमनलाई तीव्र बनाइने तथा गुणस्तरीय खाद्यको उपभोगका लागि प्रत्येक प्रदेशमा खाद्य अनुगमन गरिने भएता पनि हाल कर्मचारी कमी भएको महानगर तथा उपमहानगरले गुनासो गरेका छन् ।

 

पछिल्लो समय देशमा भएका विभिन्न कर वृद्धि, वर्ष बाढीलगायतका कारण दाल चामल, पिठो, तेल, घिऊ, चिनीलगायतका खाद्य वस्तुहरुमा मूल्य वृद्धि भइरहेको छ । काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यले मूल्यक वृद्धिका कारण उपत्यकाका जनताले बढी मार भोग्नु परेको बताए ।

 

उनले काठमाडौंमा सबै खाद्य आयात हुने र त्यसमा विचौलीया तथा कृतिम मूल्य वृद्धिका कारण समेत उपभोक्ता महँगीको मारमा पर्नुपरेकोले यस तर्फ अनुगमनका कार्यहरु बढाउनु पर्ने उनले बताए ।

 

आज मन्त्रालयमा भएको चाडपर्व आपूर्ति व्यवस्थापन र बजार अनुगमन छलफल कार्याक्रममा मेयर शाक्यले दशैमा सस्तो बजार मात्र नभई त्यसमा गुणस्तरको समेत ध्यान दिनु पर्ने बताएका हुन् ।

 

मासुका लागि आयातकै भर

 

हाल काठमाडौं उपत्यकामा दैनिक हजार देखि १२ सय गोटा खसी बोकाको माग रहेको छ । उपत्यकामा आन्तरिक उत्पादनबाट ३ देखि ४ सय खसी बोका र आयातित ७ सय देखि ८ सय खसी बोका बिक्री हुने गरेको वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।

 

यस्तै राँगा तथा भैसी ७ सय देखि ८ सयको हाराहारीमा उपत्यकामा खपत हुने गरेको छ । आन्तरिक बाट १० प्रतिशत र आयातीतबाट ९० प्रतिशत गरी हाल राँगा र भैसीको माग पूरा भइरहेको छ ।कुखुराको मासु, अण्डा र बंगुरमा भने नेपाल आत्मनिर्भर रहेको विभागको तथ्यांकले देखाएको छ ।

 

यस्तै उपत्यकाम खपत हुने ६० प्रतिशत माछा आयातीत हुने गरेका छन् भने ४० प्रतिशत मात्र आन्तरिक उत्पादनको खपत हुने गरेको छ ।
हरियो तरकारीमा ६० प्रतिशत आन्तरिक उत्पादन भए पनि बाँकी ४० प्रतिशत आयातीत हुने गरेको छ । कागती र प्याज ९५ प्रतिशत नै आयात हुने गरेको तथ्यांकले देखाउछ ।

 

उपत्यकामा खपत हुने फलफूल ७० प्रतिशत आयातीत हुने गरेको र ३० प्रतिशत मात्र आन्तरिक उत्पादन बापत खपत हुने गरेको विभागले जनाएको छ ।

हुवावेको अपरेटिङ सिस्टम 'हार्मोनिओएस' सार्वजनिक Read Previous

हुवावेको अपरेटिङ सिस्टम 'हार्मोनिओएस' सार्वजनिक

सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा सञ्चालन Read Next

सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा सञ्चालन