एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

 

मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 

१७ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

नेपाल लगानीको लागि सुधार उन्मुख देशहरुको सूचीको पहिलो स्थानमा Read Previous

नेपाल लगानीको लागि सुधार उन्मुख देशहरुको सूचीको पहिलो स्थानमा

हुवावेको अपरेटिङ सिस्टम 'हार्मोनिओएस' सार्वजनिक Read Next

हुवावेको अपरेटिङ सिस्टम 'हार्मोनिओएस' सार्वजनिक