कुखुराको चल्लाको मूल्य दोब्बरले बढ्यो, मासुको मूल्य महँगिने

काठमाडौं । कुखुराको चल्लाको मूल्य दोब्बरभन्दा धेरैले वृद्धि भएको छ । चल्लाको माग अधिक र आपूर्ति कम भएको भन्दै व्यवसायीले भाउ ह्वात्तै बढाएका हुन् । यससँगै कुखुराको मासुमा समेत मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

 

बजामा कुखुराका चल्लाको मूल्य प्रतिगोटा ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म पुगेको हो । यस अघि चल्लाको मूल्य प्रतिगोटा २० रुपैयाँदेखि ४० रुपैयाँ रहेको थियो । कुखुराका चल्लाको मूल्य बढेसँगै बोइलर कुखुराको मासुको मूल्य समेत १० देखि २० प्रतिशत बढ्ने अनुमान गरिएको ह्याचरी संघका अध्यक्ष टिकाराम सापकोटाले बताए ।

 

पछिल्लो समय कुखुराको चल्लाको माग बढेको र सप्लाई कम भएकाले मूल्य वृद्धि हुन गएको बताए । उनले ४५ लाख कुखुराको चल्ला माग भएकोमा १५ लाख अझै कमी भएको बताए । माग बढ्नुका कारण कुखुराको चल्लाको मूल्य अझै वृद्धि हुन सक्ने उनले बताए ।

 

‘अहिले माग बढेको बढै छ, सप्लाई कम छ, यसले स्वतः कुखुराको चल्लाको मूल्य बढाउछ, यसमा थप अझै बढ्न सक्छ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ‘खण्डाको मूल्य बढ्दैन तर, बोइलर कुखुराको मूल्य बढ्न सक्छ ।’

 

कुखुराको चल्लाको मूल्य बढ्नाले अण्डामा कुनै असर नपार्ने उनले बताए ।कोभिड १९ का बीच पोल्ट्री व्यवसायले समय चल्ला विक्री गर्न पाएका थिएनन् । सो कारण पोल्ट्री व्यवसायीहरुले दैनिक २ करोड ७ लाख ८५ हजार रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो ।

 

अध्यक्ष सापकोटाका अनुसार कोभिडका समयमा लकडाउन हुँदा एक सातामा चल्लामा कुल लागत मूल्य १८ करोड ९० लाख रुपैयाँ हुने गरेको थियो । सोही चल्ला ४ करोड ३५ लाख रुपैयाँ हाराहारीमा विक्री हुने गरेका थिए । पोल्ट्री व्यवसायीहरुले कुखुराको चल्लामा साताको १४ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । सो समयमा कुखुराको मासुसँगै चल्लाको मूल्य समेत घटेको थियो ।

 

उनका अनुसार देशभर प्रतिहप्ता ३० लाख हाराहारीमा बोइलर कुखुरा उत्पादन हुने गरेका थिए । प्रतिहप्ता बोइलर कुखुराको उत्पादन लागत ७५ रुपैयाँ हुने गर्छ । कुल ब्रोइलर कुखुरा उत्पादनको लागत मूल्य १७ करोड १० लाख रुपैयाँ रहेको छ । उत्पादन भएका मध्ये १५ लाख बोइलर कुखुरा मात्र विक्री हुने गरेका छन् । सो कुखुराका चल्ला प्रतिगोटा २० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता रहेको थियो । बोइलर कुखुरामा प्रतिहप्ता १४ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था व्यवसायी लगडाउनमा रहेको थियो ।

 

लागत खर्च बढि भएपछि माग समेत बढ्नाले चल्ला अभाव पछि मूल्यमा ठूलो वृद्धि आएको हो । कुखुराको मासु दैनिक ९ लाख केजी विक्री हुने गरेको छ । एउटा कुखुराको लागत मूल्य २०० रुपैयाँ हुने गरेको छ । कुल ९ लाख कुखुराको उत्पादन लागत ्१८ करोड रुपैयाँ हुने गरेको छ ।

किसान लघुवित्तले १३ लाख कित्ता एफपीओ जारी गर्दै, प्रतिकित्ता मूल्य कति ? Read Previous

किसान लघुवित्तले १३ लाख कित्ता एफपीओ जारी गर्दै, प्रतिकित्ता मूल्य कति ?

बजार मूल्य १५२८ रहेको लघुवित्तको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ? Read Next

बजार मूल्य १५२८ रहेको लघुवित्तको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ?