बजार मूल्य १५२८ रहेको लघुवित्तको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको साढे १२ हजार कित्ता सेयर शुक्रबारदेखि लिलामीमा आएको छ ।

 

लघुवित्तले हकप्रदमा नबिकेको संस्थापकतर्फको ३ हजार ३६८ कित्ता र सर्वसाधरणतर्फको ९ हजार ७४ गरी कुल १२ हजार १२ हजार ४४२ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

 

लघुवित्तले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म २ः१ अनुपातमा हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो बेला नबिकेको बाँकी हकप्रद सेयर लघुवित्तले अहिले लिलामीमार्फत विक्री गर्न लागेको हो ।

 

लघुवित्तको लिलामी सेयरमा चैत १३ गतेसम्म शिलबन्दीमार्फत आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाइ आफूले किन्न चाहेको सेयर संख्यार मूल्यसहित बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । लघुवित्तको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले लघुवित्तको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

अन्तिम पटक (बुधबार) लघुवित्तको सेयर नेप्सेमा प्रतिकित्ता १५२८ रुपैयाँमा कारोबार भएको थियो ।

कुखुराको चल्लाको मूल्य दोब्बरले बढ्यो, मासुको मूल्य महँगिने Read Previous

कुखुराको चल्लाको मूल्य दोब्बरले बढ्यो, मासुको मूल्य महँगिने

यस वर्ष पनि पूरा नहुने भए काठमाडौं उपत्यका विस्तारका ९ सडक, यस्तो छ पछिल्लो अवस्था Read Next

यस वर्ष पनि पूरा नहुने भए काठमाडौं उपत्यका विस्तारका ९ सडक, यस्तो छ पछिल्लो अवस्था