सानिमा बैंकका कार्ड प्रयोकर्ताले विश्वका ५०० बढी अस्पतालमा ७ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

 

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आइएसओएन हेल्थकेयरका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले हस्ताक्षर गरे ।

 

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन् । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ ।

 

बैंकले हाल देशभरका ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

लुम्बिनीमा माछापुच्छ्रे  बैंकको क्यूआर कोड र वीच्याट पे सेवा Read Previous

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्यूआर कोड र वीच्याट पे सेवा

सेयर बजारमा झिनो गिरावट, यी ३ कम्पनीका लगानीकर्ता मालामाल Read Next

सेयर बजारमा झिनो गिरावट, यी ३ कम्पनीका लगानीकर्ता मालामाल