काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एंव गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यूआर कोड सेवा र वीच्याट पे सेवा शुरु गरेको छ ।
स्वदेश तथा विदेशबाट भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देविमन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्यूआर कोड को माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रेले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यूआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु प्हिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको ।
उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरी चाइनिज पर्यटकले वीच्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।
साथै, अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।