काठमाडौं । नागरिक लगानी कोषको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । नेपाल बैंकले आफ्नो नाममा रहेको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १५०२.५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
कम्पनीको लिलामी सेयरमा चैत ३ गतदेखि १७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।बुधबार दोस्रो बजारमा कोषको सेयर प्रतिकित्ता ४३०० रुपैयाँमा कारोबार भइरहेको छ ।