भोलिदेखि महिला हस्तकला मेला शुरु हुँदै

काठमाडौं । महिला हस्तकला मेला फागुन २२ गतेबाट शुरु हुने भएको छ । फागुन २४ गतेसम्म संचालन हुने उक्त मेला ललितपुर महानगरपालिकाको प्राङ्गणमा हुने भएको हो ।

 

१११ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘हस्तकलाको प्रर्वद्धन, महिला सशक्तिकरणको सम्बद्र्धन’ को नारा सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको संयुक्त आयोजना गर्न लागिएको हो ।

 

मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट हुने छ । उक्त मेलामा एकै छाना मुनि प्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र वाँसबाट बनेका सामानहरु, काष्ठकला,चाँदीका गरगहना तथा चाँदीका वस्तु तथा धातुका गरगहना ,फेल्ट, क्रिस्टलका सामान, हाड र सिङ्गका वस्तु, बीड्सका सामानहरु, उनी तथा सूती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री, सीसाका वस्तुहरु आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।

 

उक्त मेलामा काठमाडौं उपत्यका भित्रका जिल्लाहरुको लघु, घरेलु उत्पादक एवं कम आय भएका महिला, जनजाती, आदिवासी उद्यमीहरुलाई सहभागी गराईस्थानीय हस्तकला वस्तुको प्रचार प्रसार एवं बजार विकासमा सहयोग पुर्याइने छ । साथै उक्त मेलामा नेपाल हस्तकला महासंघका महिला उद्यमी सदस्यहरु तथा कलाकार र उपत्यका भित्रका जिल्ला हस्तकला संघ तथा वस्तुगत संघहरुसँग आवद्ध उद्यमी व्यवसायीहरुको पनि सहभागिता रहने छ ।

 

१११ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकाको प्राङ्गणमा हुने उक्त मेलामा करिब ५० वटा स्टलहरु रहने छन । नेपाल हस्तकला महासंघले ‘हस्तकला समृद्धिका संभावना’ भन्ने उद्घोष (नारा) का साथ वर्ष भरी विभिन्न प्रवद्र्धनमुखी कार्यक्रम गरी हस्तकला वर्ष मनाई रहेको छ ।

 

नेपालको निर्यात व्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा भारत लगायत तेश्रो मुलुकहरुमा निर्यात रहेको छ । आयात र निर्यात वीचको दुरी दिन प्रति दिन बढदै गई मुलुकको ब्यापार घाटा बढ्दै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास बढ्दै गएको छ ।

 

हस्तकला क्षेत्रमा झण्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुर्याइ रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमा पनि बढाएका छन् ।

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति

कालिका लघुवित्तको लाभांश घोषणा Read Next

कालिका लघुवित्तको लाभांश घोषणा