कालिका लघुवित्तको लाभांश घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

भोलिदेखि महिला हस्तकला मेला शुरु हुँदै Read Previous

भोलिदेखि महिला हस्तकला मेला शुरु हुँदै

अरनिको राजमार्गको धुलिखेल-पाँचखल खण्डमा धमाधम मोड फराकिलो बनाइँदै Read Next

अरनिको राजमार्गको धुलिखेल-पाँचखल खण्डमा धमाधम मोड फराकिलो बनाइँदै