एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको बिहीबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

आइतबारदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरु हुने, यी १५ केन्द्रमा लगाइन्छ खोप Read Previous

आइतबारदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरु हुने, यी १५ केन्द्रमा लगाइन्छ खोप

भोलिदेखि महिला हस्तकला मेला शुरु हुँदै Read Next

भोलिदेखि महिला हस्तकला मेला शुरु हुँदै