अम्बानी र बेजोसले आँखा लगाएको भारतको खुद्रा व्यापारको संरचना बदल्दै स्टार्टअप ‘उडान’

काठमाडौं । भारतमा अहिले विश्वका दुई धनाढ्य जेफ बेजोस र मुकेश अम्बानीका बीच व्यापार युद्ध चलिरहेको छ । खुद्रा व्यापारका क्षेत्रमा उनीहरूको व्यापार युद्ध धेरै ‘लाइमलाइट’मा रहेको भए पनि भारतीय खुद्रा व्यापारको क्षेत्रमा हुँदै गरेको महत्वपूर्ण र आधारभूत परिर्वतनका बारेमा भने उति चर्चा भएको सुनिँदैन ।

 

यो विषय ध्यान दिन लायक छ । बिचौलियाको कारण उत्पादक र उपभोक्ता दुवै मारमा पर्ने खालेको आपूर्ति श्रृंखला भएको नेपाल जस्तो देशमा भारतमा देखिँदै गरेको परिर्वतन चाख लाग्दो हुनसक्छ ।

 

यो कम्पनीले स्थापना भएको ५ वर्ष मै ‘बिजनेश टु बिजनेश’ इ–कमर्शको ८० प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । यो कम्पनीले देशभरका २०० वटा गोदाम, १७ लाख खुद्रा पसलहरूमा दैनिक सामानहरू आपूर्ति गर्न थालिसकेको छ ।

 

भारतको खुद्रा व्यापारको क्षेत्रमा सेवा पुर्याउँदै आएका दशौं लाख खुद्रा पसलहरू छन् । यस्ता पसलहरूले १.३ अर्ब मानिसहरूलाई सेवा दिँदै आएका छन् । यस्ता खुद्रा पसलहरूमा आउँदै गरेको डिजिटल परिर्वतन युनिलिभर जस्ता ठूला उत्पादकदेखि लिएर एसबीआइ बैंक जस्ता वित्तीय संस्थालाई समेत प्रभाव पार्दै आएको छ । अमेजोनका जेफ बेजोसदेखि लिएर रिलायन्सका मुकेश अम्बानीका लागि समेत यो डिजिटल परिर्वतन महत्वपूर्ण छ ।

 

त्यसैले यो डिजिटल परिर्वतनलाई आफ्नो पक्षमा पारेर यो ठूलो व्यवसायीक क्षेत्रमा आफ्नो पकड जमाउन यी दुई अर्बपतिहरूमा कम्पनीहरू लागि परेका छन् । विश्वका ठूला-साना मिडियाहरूमा पनि यी दुईकै युद्धको चर्चा छ ।

 

तर, भारतको खुद्रा व्यापारको क्षेत्रमा यो हाइ प्रोफाइल युद्धभन्दा बाहिर पनि धेरै कुराहरू भइरहेका छन् । भारतका खुद्रा पसलहरूको र्याकमा कस्तो र कसरी सामानहरू जान्छ भन्ने क्षेत्रमा केही महत्वपूर्ण उपलब्धीहरू भएका छन् ।

 

भारतका करिब ६ लाख ६० हजार गाउँ र ८ हजार साना–ठूला सहरहरूका पसलहरको र्याकमा सामान पुर्याउनु सबै उत्पादकहरूको लागि निकै कठिन अवस्था थियो । भारतमा १ शताब्दी बिताइसकेको युनिलिभर जस्तो उत्पादकले समेत मुश्किलले १५ प्रतिशत खुद्रा पसलहरूमा आफ्नो पहुँच बनाउन सकेको छ । उसका लागि समेत त्यो पहुँच ८० प्रतिशत पुर्याउन होलसेलरहरूको सहयोगको आवश्यकता पर्दै आएको छ ।

 

होलसेलरहरूले आफुसँग उपलब्ध ज्ञान र सम्बन्धकै आधारमा मात्र यस्तो पुहँच बनाउँदै आएका छन् । यसका आफ्नै सीमितताहरू छन् र यो प्रक्रिया महङ्गो पनि छ । नेपालमा पनि यस्तो खाले आपूर्ति श्रृंखलाको कारणले उपभोक्ताहरू महङ्गोमा वस्तुहरू किन्न बाध्य भइरहेको तथ्य हाम्रा लागि पनि नौलो होइन ।

 

तर भारतमा भने यो अवस्थामा परिर्वतनका संकेतहरू देखिन थालेका छन् । उडान नाम गरेको एउटा स्टार्ट अप कम्पनीले पछिल्लो समय खुद्रा व्यापारको क्षेत्रमा हुँदै गरेको डिजिटलाइजेशनको फाइदा उठाउँदै यो समस्या समाधान गर्ने प्रयास गरेको छ ।

 

यो कम्पनीले स्थापना भएको ५ वर्ष मै ‘बिजनेश टु बिजनेश’ इ–कमर्शको ८० प्रतिशत बजार हिस्सा कब्जा गरेको छ । यो कम्पनीले देशभरका २०० वटा गोदाम, १७ लाख खुद्रा पसलहरूमा दैनिक सामानहरू आपूर्ति गर्न थालिसकेको छ ।

 

उडानले सामान खरिद गरेपछि उत्पादकहरूले समयमै नगद भुक्तानी पाउँछन् । खुद्रा व्यापारीहरूले पनि केही दिनको लागि उधारोमा सामान पाउँछन् । यो भन्दा अघि उनीहरूले होलसेलरहरूलाई चर्को ब्याज तिर्दै आएका थिए ।

 

उत्पादकहरूले सामान उडानलाई जिम्मा लाउने, खुद्रा पसलेहरूले सामान अर्डर गर्ने जस्ता प्रक्रियाहरू सबै स्मार्ट फोनमै हुन्छन् । उत्पादकहरूलाई पैसा तिर्न र खुद्रा पसलहरूलाई उधारोमा सामान उपलब्ध गराउने प्रक्रिायामा चाहिने नगद प्रवाहको लागि उडानलाई बैंकहरूले पूँजी उपलब्ध गराउँदै आएका छन् ।

 

औद्योगिक उत्पादकदेखि लिएर मिलवालसम्म र खुद्रा पसलहरूदेखि लिएर होटल रेष्टुरेन्टहरूसम्म सबै खाले व्यवसायहरू उडानमा दर्ता छन् । करिब ३० लाख व्यवसायहरू यो स्टार्ट अपमा दर्ता भइसकेका छन् । विश्वासको समस्या र भौतिक प्रक्रियाले बढाउने खर्च आफूहरूले इन्टरनेटको माध्यमबाट समाधान गरिदिएको उडानका एक संस्थापा वैभव गुप्ता बताउँछन् ।

 

धेरै इन्भेष्टमेन्ट कम्पनीहरूको लगानी यो स्टार्ट अपमा रहेको छ । हाल यो कम्पनीको मूल्याङ्कन १ अर्ब डलर भन्दा बढि रहेको छ । यो कम्पनीको सफलता र आपूर्ति श्रृंखलामा आएको यो सुधारको केन्द्रमा सस्तो मोबाइल इन्टरनेट रहेको छ । भारतमा मुकेश अम्बानीको टेलिकम क्षेत्रमा प्रवेश पछि मोबाइल इन्टरनेट विश्वकै सस्तो भएको थियो ।

 

अहिले भारतमा साना खुद्रा व्यापारीहरूसँग समेत स्मार्ट फोनको उपलब्धता छ र उनीहरू त्यसमा इन्टरनेट चलाउन लाज नमान्ने भइसकेका छन् । अहिलेको डिजिटलाइजेशनको युगमा सस्तो इन्टरनेटले जटिल समस्याहरूको समाधान कसरी हुन सक्छ भन्ने यो गतिलो उदाहरण हो । नेपालमा भने अझै प्रतिस्पर्धात्मक ढंगले सस्तो इन्टरनेट उपलब्ध गराउने प्रति सम्बन्धित निकायहरूको अझै ध्यान जान सकेको छैन । नेपालमा अझै पनि इन्टरनेट आवश्यकता भन्दा पनि विलासी वस्तुको रुपमा रहँदै आएको छ ।

विद्युतीय भुक्तानी सीमा दोब्बर, अब मोबाइल बैंकिङबाट दैनिक २ लाखसम्म कारोबार गर्न पाइने Read Previous

विद्युतीय भुक्तानी सीमा दोब्बर, अब मोबाइल बैंकिङबाट दैनिक २ लाखसम्म कारोबार गर्न पाइने

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशसँग किनेको मल १ हप्ताभित्र आइपुग्ने Read Next

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशसँग किनेको मल १ हप्ताभित्र आइपुग्ने