विद्युतीय भुक्तानी सीमा दोब्बर, अब मोबाइल बैंकिङबाट दैनिक २ लाखसम्म कारोबार गर्न पाइने

काठमाडौं। विद्युतीय भुक्तानीलाई प्रोत्साहन र सहज बनाउन नेपाल राष्ट्र बैंकले भुक्तानीको सीमा दोब्बर बनाएको छ। बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको अधिकतम सीमा बढाएर दोब्बर बनाइएको जानकारी गराएको हो ।

 

राष्ट्र बैंकका अनुसार अब मोबाइलबाटदैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म लेनदेन गर्न सकिने व्यवस्था थियो ।

 

यसैगरी, राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) बाट प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यसअघि इन्टरनेट बैंकिङमार्फत दैनिक १० लाखसम्म कारोबार गर्न पाइने व्यवस्था थियो ।

 

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा भने यो सीमा कायम नरहने राष्ट्र बैंकले जनाएको छ।

 

यस्तै, सरकारी कार्यालयमा भुक्तानु गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा लागू नहुने जनाइएको छ ।

 

शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पतालरनर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट, धितोपत्र कारोबारमा पनि सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

सित्तैमा चन्द्रमामा जान इच्छुक ८ जना व्यक्ति खोज्दै जापानी अर्बपति Read Previous

सित्तैमा चन्द्रमामा जान इच्छुक ८ जना व्यक्ति खोज्दै जापानी अर्बपति

अम्बानी र बेजोसले आँखा लगाएको भारतको खुद्रा व्यापारको संरचना बदल्दै स्टार्टअप 'उडान' Read Next

अम्बानी र बेजोसले आँखा लगाएको भारतको खुद्रा व्यापारको संरचना बदल्दै स्टार्टअप 'उडान'