काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केवलनेटको सेवा सुचारु भएको कम्पनीले जानकारी दिएको छ । बुधबार सुबिसुको बालुवाटार कार्यालयमा आगलागी हुँदा यसको सेवा प्रभावित भएको थियो ।
हालसम्म ९० प्रतिशत ग्राहकको सेवा सुचारु भएको र २ दिनभित्र सबै ग्राहकको सेवा सुचारु गरिने कम्पनीले जानकारी गराएको छ।
आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि समय भित्र प्राबिधिक टोलिको सहयोगद्वारा प्रभावित सेवा सुचारु गरा्उन तत्परताका साथ काम अगाडि बढाई, केहि घन्टा भित्र नै थापाथली स्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहिहरुको सेवा सुचारु भइसकेको कम्पनीले जानकारी गराएको छ।
थापाथलीमा रहेको वैकल्पिक डाटा सेन्टरबाट सेवा सुचारु गरिएको कम्पनीले बताएको छ। यद्यपी उक्त डाटा सेन्टर पनि २०७२ को भूकम्पबाट प्रभावित भएको थियो। जसको पूर्ण रिकभर अझै भएको छैन।