काठमाडौं ।नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा करिब १० अर्ब रूपैयाँ बराबरको धागो निर्यात भएको छ। धागो उत्पादक सङ्घका अनुसार विश्वका विभिन्न देशहरुमा ९ अर्ब ९५ करोड ४५ लाख रुपैयाँको धागो निर्यात भएको छ।
सबैभन्दा धेरै धागो भारतमा निर्यात भएको तथ्याङ्कले देखाएको छ। ६ अर्ब ८२ करोड ५३ लाख बराबरको धागो निर्यात भएको छ।
३ अर्ब १२ करोड ९२ लाख बरारको धागो तेस्रो मुलुकमा निर्यात भएको तथ्याङ्कले देखाएको छ। त्यस्तै २ अर्ब २७ करोड बराबरको धागो स्वदेशमा खपत भएको छ।
सङ्घका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा रिलायन्स, त्रिवेणी, जगदम्बा स्पिनिङ्ग मिल्सले करिब करिब ४३ हजार मेट्रिक टन धागो उत्पादन गरेका थिए।
ती मध्ये ३६ हजार मेट्रिक टन धागो बाहिर निर्यात भएको छ भने ७ हजार मेट्रिक टन धागो स्वदेशमा खपत भएको सङ्घले जनाएको छ।